Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट अभिषेकसहित ३ खेलाडी आउट

    राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट अभिषेकसहित ३ खेलाडी आउट

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट थप ३ खेलाडी बाहिरिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट ३ खेलाडी बाहिरिएको जानकारी दिएको छ।

    बन्द प्रशिक्षणबाट बाहिरिनेमा अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन्। अब बन्द प्रशिक्षणमा २५ खेलाडी मात्र रहेका छन्। साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।



    साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ। नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार