Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रियल मड्रिडले इटालियन च्याम्पियनलाई हरायो

    रियल मड्रिडले इटालियन च्याम्पियनलाई हरायो

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी – युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा रियल मड्रिडले इटालियन च्याम्पियनलाई हराएको छ। बुधबार राति भएको खेलमा रियलले इन्टर मिलानलाई १–० गोलले पराजित गरेको हो।

    इन्टरको घरमा भएको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक भएको थियो। सन सिरोमा घरेलु टोलीले रियलमाथि दबाब बनाए पनि जित हासिल गर्न सकेन। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।



    दुबै टोलीले केही राम्रा आक्रमणहरु बुनेपनि गोल गर्न सकिरहेका थिएनन्। गोलरहित बराबरीतिर लम्किएको खेलको ८९ औं मिनेटमा रियलले गोल गर्न सफल भयो। उसका लागि रोड्रिगोले गोल गरेका थिए।



    वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले खेल सकिन एक मिनेट बाँकी हुँदा गोल गर्दै रियलको जित पक्का गरे। सोही समुहको अर्को खेलमा माल्डोभनको क्लब सेरिफ तिरास्पोले युक्रेनको सख्तर डोकेस्कलाई २–० ले हरायो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार