Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ‘रोनाल्डोका लागि उमेर एक अंकमात्रै हो’

    ‘रोनाल्डोका लागि उमेर एक अंकमात्रै हो’

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । क्रिस्टियानो रोनाल्डो सर्वकालिन महान् फुटबलरमध्ये एक हुन्। ठूलो संघर्ष र मेहनतबाट आफूलाई उत्कृष्ट खेलाडी साबित गरेका रोनाल्डो हाल ३६ वर्षमा कुदिरहेका छन्।

    अहिले पनि उनी मैदानमा बल लिएर दगुर्दै गर्दा कुनै उदीयमान युवा खेलाडीभन्दा कम देखिँदैनन्। उनले ३६ वर्षको उमेरमा पनि मैदानमा प्रभावशाली प्रदर्शनलाई जारी राखेका छन्। रोनाल्डो १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा फर्किएका छन्। उनले क्लबमा पुनरागम गर्दा प्रिमियर लिगमा सानदार शुरुवात गरेका छन्।



    रोनाल्डोले यस सिजन युनाइटेडबाट ३ खेल खेल्दा ४ गोल गरिसकेका छन्। च्याम्पियन्स लिगको समूह चरणको खेलमा योङ ब्वाइजविरुद्ध उनले एक गोल गरेका थिए। रोनाल्डोले शुरुवाती अग्रता दिलाए पनि टोलीले खेल जित्न सकेन।



    त्यस्तै उनले प्रिमियर लिगमा वेस्ट ह्यामविरुद्ध पछि परेको आफ्नो टोलीलाई खेलमा फर्काएका थिए। लिगकै अर्को खेलमा रोनाल्डोले न्यू क्यासलविरुद्ध २ गोल गरेका थिए। मैदानमा रोनाल्डोलाई पाएसागै युनाइटेडको खेलशैलीमा नै परिवर्तन आएको छ। युनाइटेडका खेलाडीहरु रोनाल्डोले आगमनपछि जित्नैपर्छ भन्ने मानसकिता पैदा भएको बताउँछन्।

    रोनाल्डो आफ्नो टोलीलाई जिताउन निर्णायक भूमिका निर्वाह गर्न सक्ने क्षमता अहिले पनि राख्छन्। राष्ट्रिय टोली होस् वा क्लब त्यहाँ उनीभन्दा निकै योङ र इनरर्जेटिक खेलाडीहरु छन्। तर रोनाल्डो उनीहरुको तुलनामा अहिले पनि अब्बल नै छन्। त्यसैले फुटबल विश्लेषकहरु रोनाल्डोका लागि उमेर एक अंकमात्रै भएको बताउँछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार