Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • टी–२० विश्वकप : स्कटल्याण्डविरुद्ध नामिबिया विजयी

    टी–२० विश्वकप : स्कटल्याण्डविरुद्ध नामिबिया विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.2K
    SHARES

    एजेन्सी – आइसिसि टी–२० विश्वकप अन्तर्गतकोे खेलमा नामिबियाले स्कटल्यान्डलाई पराजित गरेको छ। सुपर १२ को समूह बी मा रहेको नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले हराएको हो।

    स्कटल्याण्डले दिएको १ सय १० रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले १९.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। नामिबियाको जितमा जेजे स्मितले २३ बलमा २ चौका र २ छक्का सहित नटआउट ३२ रन जोडे। ओपनर के्रग विलियम्सले २३ र माइकल भ्यान लिङ्गेन १८ रन बनाए।



    पूर्व दक्षिण अफ्रिकी क्रिकेटर डेविड विसेले १६, किकेटकिपर जीन ग्रिनले ९ र गेहरार्ड इरास्म ४ रन बनाए। स्टकल्यान्डका माइकल लिस्कले सर्वाधिक २ विकेट लिए।



    त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो। स्कटल्यान्डका माइकल लिस्कले २७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए।

    क्रिस ग्रीभ्स २५ र म्याथ्यु क्रस १९ रनमा आउट भए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नामिबिया रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। जन फिंलिकले २, जेजे स्मित र डेविड विसेले १–१ विकेट लिए।

    नामिबिया सुपर १२ को समूह बी मा २ अंकका साथ तेस्रो स्थानमा छ। नामिबियाले अव आइतबार अफगानिस्तानसँग खेल्नेछ। २ खेलमा अंक बिहीन हुँदै पुछारमा रहेको स्कटल्यान्डले तेस्रो खेल बुधबार न्युजिल्यान्डसँग खेल्नेछ। नामिबियाले पहिलो पटक टी–२० विश्वकप खेलेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार