Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बलात्कार प्रकरणमा कार्गो व्यवसायी मनोज अधिकारी पक्राउ

    बलात्कार प्रकरणमा कार्गो व्यवसायी मनोज अधिकारी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् ।

    उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले ठमेलबाट पक्राउ गरेको हो ।



    अधिकारीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा कमलपोखरी प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पुष्टि गरेका छन्।



    एसएसपी सिंहका अनुसार पक्राउ परेका उनीमाथि १६ बालिका किशोरीलाई करणी गरेको अभियोग रहेको छ।

    अधिकारीले ८ कात्तिकमा पीडित किशोरीलाई रातोपुलस्थित एक रेष्टुरेन्टमा बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको प्रहरीको भनाइ छ।

    उनीमाथि जिल्ला अदालत, काठमाडौंबाट पाँच दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार