Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मेसीले यस वर्षको बालोन डी’ओर जितेकै हुन् त ? अवार्ड वितरक फ्रान्स फुटबल के भन्छ ?

    मेसीले यस वर्षको बालोन डी’ओर जितेकै हुन् त ? अवार्ड वितरक फ्रान्स फुटबल के भन्छ ?

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । केही दिनअघि सामाजिक सञ्जालमा वर्ष २०२१ को बालोन डी’ओर लियोनल मेसीले जितेको भनी एक फोटो निके भाइरल गराइयो।

    त्यसपछि पोर्चुगलको एक टेलिभिजनले अवार्ड विजेता फ्रान्स फुटबलले मेसीलाई यसबारेमा जानकारी गराइरहेको दाबी गरेको थियो।



    टेलिभिजनको दाबीले यति धेरै हल्लाखल्ला भयो कि आधिकारिक वितरकले यसबारेमा जानकारी गराउनै पर्ने स्थिति आयो। यसका निर्देशक पास्कल फेरेले नतिजा लिक भएको भनिएको कुरा हल्ला मात्र भएको जानकारी दिएका छन्।



    ‘यो एकदमै बकवास कुरा हो। हामीले वितेका १० वर्षदेखि यस्तो अफवाह फैलिएको देख्दै आएका छौं,’ बिल्डसँग उनले भने।

    वर्षको उत्कृष्ट खेलाडीलाई दिइने यो सबैभन्दा प्रतिष्ठित अवार्ड हो। यस वर्ष मेसीसँगै रोबर्ट लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा र जर्जिन्होलाई अवार्डको दाबेदार मानिएको छ।

    यीमध्ये पनि मेसी र लेवान्डोस्कीले बालोन डी’आर जित्ने सम्भावना बढी रहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार