Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अमेरिकी सहायक विदेशमन्त्री लुको दौडधूप, मन्त्रालयमै पुगेर भेटे गृहमन्त्री खाँणलाई

    अमेरिकी सहायक विदेशमन्त्री लुको दौडधूप, मन्त्रालयमै पुगेर भेटे गृहमन्त्री खाँणलाई

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु गृहमन्त्री बालकृष्ण खाँणबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको बताइएको छ।



    भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे छलफल भएको मन्त्रालयले जनाएको छ।



    भेटमा सहायक विदेशमन्त्री लु र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी सहभागी थिए ।

    नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

    यसअघि विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्मकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार