Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोना भाइरस

    ३३२ जनामा संक्रमण पुष्टि हुँदा ४ जनाको मृत्यु, २३२ जना डिस्चार्ज

    ३३२ जनामा संक्रमण पुष्टि हुँदा ४ जनाको मृत्यु, २३२ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा २३२ जना सङ्क्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५९०  पीसीआर परीक्षणमा ३०५ र २ हजार ३३० एन्टिजेन परीक्षणमा २७ जना गरी ३३२ जनामा संक्रमण पुष्टि भएको हो।



    पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ९२० जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



    यस्तै, मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ३६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

    त्यस्तै, कोरोना सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५१३ को पुगेको छ ।

    देशभर पछिल्लो २४ घण्टामा थप १ लाख ४७ हजार २६२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार