Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलभित्रका ट्याक्सीले चर्को शुल्क असुलेपछि सुरु भयो निशुल्क बस सेवा

    त्रिभुवन विमानस्थलभित्रका ट्याक्सीले चर्को शुल्क असुलेपछि सुरु भयो निशुल्क बस सेवा

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलक्षित नि:शुल्क बस सेवा (सटल बस) सुरू गरिएको छ ।

    बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलको आन्तरिक टर्मिनलमा यस सेवाको उद्घाटन गरेका छन् ।



    पछिल्लो समय विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्डययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।



    विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंका अनुसार अब हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म माइक्रो बस सित्तैमा सञ्चालन हुनेछन् । तीनले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गोल्डन गेटसम्म यात्रुलाई सेवा दिनेछन् ।

    हवाई यात्रुले विमानस्थल सेवा प्रयोग गरेबापत २ सय रुपैयाँ सेवा शुल्क अनिवार्य टिकटमै तिरेका हुन्छन् । यो सुविधा यसै अन्तर्गत नि:शुल्क राखिएको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार