Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मन्त्री श्रेष्ठद्वारा सप्तरीको गाउँव्लकमा जग्गा धनी प्रमाण पुुर्जा वितरण

    मन्त्री श्रेष्ठद्वारा सप्तरीको गाउँव्लकमा जग्गा धनी प्रमाण पुुर्जा वितरण

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 1.5K
    SHARES

    सप्तरी।  भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको गाउँव्लकमा रहेका भूमिहिनहरुलाई आज जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छन् ।

    अग्नीसाइर कृष्णसवरण गाउपालि र तिरहुत गाउँपालिकाको गाउव्लकमा रहेका ७०० घर परिवारलाई आज र भोली जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्न लागिएको हो ।
    जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यहि पुुस मसान्तसम्ममा देशभरीका नापी भइसकेका गाउँव्लकका नागरिकलाई जग्गा वितरण गरिसक्ने वताइन ।



    श्रेष्ठले नापी भइसकेका गाउव्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान शुरु गरिएको र यस अभियानमा भूमि भएर पनि भूमिविहिन बनिरहेकाहरु कोही पनि छुुट्ननहुनेमा जोड दिदै नापी हुन बाँकी गाउँव्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडी बढिसकेको जनाइन ।



    मन्त्री श्रेष्ठले भूमिहिन दलित, सुकुुम्बासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेर काम शुरु गरिसकेको र मुक्त हलीया, कमलरी, कमैयाको पक्षमा काम गर्न र उनीहरुको बस्तविकता अध्ययन गर्न कार्यदल बनाएर काम शुरु गरिसकेको पनि वताइन ।

    संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न भूमिसँग जोडिएका समस्या समाधान गरेर समृद्ध मुलुक स्थापना गर्ने लक्ष्यमा आफु प्रतिबद्ध भएर लागेको समेत मन्त्री श्रेष्ठले वताइन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार