Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एसियन सेन्ट्रल जोन: नेपालको लगातार तेस्रो जित, फाइनल पुग्ने सम्भावना बलियो

    एसियन सेन्ट्रल जोन: नेपालको लगातार तेस्रो जित, फाइनल पुग्ने सम्भावना बलियो

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले घरेलु टोली (बंगलादेश)लाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको छ ।

    बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीलाई ३–० को सोझो सेट (२५-५, २५-१५ र २५-१७)मा पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो ।



    यसअघि साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्ध ३-२ र शुक्रबार माल्दिभ्सविरुद्ध ३-० को जित निकालेको थियो ।



    जितसंगै महिला टोलीले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । महिला टोलीले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १:१५ मा हुनेछ ।

    महिलातर्फको खेलमा विभिन्न छ राष्ट्र सहभागी छन् । जसमा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान, माल्दिभ्स, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् ।

    राउन्ड रोविनका आधारमा भएको उक्त प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

    त्यसैगरी पुरुषतर्फको खेलमा नेपालले  श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५ः४५ मा हुनेछ । पुरुषतर्फको खेलमा विभिन्न पाँच राष्ट्रको सहभागिता रहेको छ । जसमा आयोजक बङ्गलादेशसहित, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार