Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अफिम तस्करीमा मुछिए ओलीका सल्लाहकार, यसरी हुँदोरहेछ व्यापारीसँगको ‘सेटिङ’

    अफिम तस्करीमा मुछिए ओलीका सल्लाहकार, यसरी हुँदोरहेछ व्यापारीसँगको ‘सेटिङ’

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । भ्रष्टाचार नै भ्रष्टाचारले बदनाम भएको केपी शर्मा ओली सरकारले गरेका थप अनियमितता प्रकरण बाहिर आउन थालेका छन् । कोरोना महामारीको समयमा ओली सरकारले मल खरिदमा समेत भ्रष्टाचार गरेको पुष्टि गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मात्र मुद्दा दायर गरेको छ । एक अर्बको मल खरिदमा करिब २५ करोड रुपैयाँ अनियमितता भएको अख्तियारको छानबिनमा खुलेको छ ।

    त्यति मात्र होइन, अन्य नीतिगत भ्रष्टाचारको पनि पोल खुल्न थालेको छ । कतिसम्म भने अफिमको बियाँ तस्करीका लागि समेत ओली सरकारले अनुमति दिएको हालै पुष्टि भएको छ । मिठाईमा प्रयोग गर्नका लागि भनेर पोस्तादाना भनेर अफिमको बियाँ हाल धमाधम तस्करी भइरहेको छ । यसरी अरबौंको चलखेल भइरहेको खुलेको छ ।



    ओलीका आर्थिक सल्लाहकार रहेका विवादास्पद व्यापारी मोति दुगडको सेटिङमा केही व्यापारीलाई अफिमको बियाँ आयात गर्ने अनुमति दिइएको थियो । जुन पोस्तादाना हाल नेपाल आयात भएको छ । नेपालबाट भारत पठाउनका लागि लाखौं केजी पोस्तादाना नेपाल ल्याइएको छ । तर, त्यस्तो बियाँ उम्रन थालेपछि यसमा प्रहरीले समेत चासो दिएर छानबिन थालेको छ । यस्तो पोस्तादाना नउम्रने गरी रिफाइन गरेर मात्र कारोबार गर्न पाइन्छ । तर, ओली सरकारकै सहयोगमा उम्रने किसिमको पोस्तादानाकै तस्करी भइरहेको हालै प्रमाणित भएपछि भन्सारले त्यसमा हाल अनुमति रोकेको छ ।



    हाल वीरगंजका व्यवसायी तेजकरण जैन सञ्चालक रहेको कुबेर एक्जिमको नाममा ७ कन्टेनर र उनकै अर्काे कम्पनी धनलक्ष्मी फुडको नामबाट ६ कन्टेनर गरी कुल १३ कन्टेनर अफिम बियाँ वीरगञ्ज ल्याइएको छ । जुन २ लाख ३८ हजार केजी छ । टर्कीबाट सो पोस्तादाना नेपाल आयात गरिएको हो । हाल मव सिड भनेर यसलाई छुटाउने चलखेल भन्सारमा चलिरहेको छ । धनलक्ष्मी फूडले मव सिड भनेर आयात गरेको दुई कन्टेनर र कुबेर एक्जिमले आयात गरेको चार कन्टेनर जाँचपास भइसकेको छ ।

    ओलीका आर्थिक सल्लाहकार रहेका विवादास्पद व्यापारी मोति दुगडको सेटिङमा केही व्यापारीलाई अफिमको बियाँ आयात गर्ने अनुमति दिइएको थियो । जुन पोस्तादाना हाल नेपाल आयात भएको छ । नेपालबाट भारत पठाउनका लागि लाखौं केजी पोस्तादाना नेपाल ल्याइएको छ । तर, त्यस्तो बियाँ उम्रन थालेपछि यसमा प्रहरीले समेत चासो दिएर छानबिन थालेको छ ।

    झापाका व्यापारी प्रदीप मित्तल यो तस्करी धन्दाका नाइके भएको स्रोत बताउँछ । उनले तत्कालीन ओलीका आर्थिक सल्लाहकारलाई घुस खुवाई दुई हजार टन पोस्तादाना आयातको अनुमति दिएका थिए । जुन कोटा अन्य व्यापारीलाई बिक्रि गरेर तस्करी भइरहेको छ । यसमा तत्कालीन आपूर्तिमन्त्री लेखराज भट्टसमेतको मिलेमतो रहेको स्रोत बताउँछ । यसरी उम्रिएको पोस्तादाना ओसारपसार गर्न दिएमा अन्तर्राष्ट्रिय निकायबाटै नेपालमा प्रश्न उठ्ने जोखिम छ । त्यहीकारण ओली र भट्टलाई हात लिएका व्यापारीहरु अहिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रभाव पार्ने प्रयासमा छन् ।

    उत्पादनकर्ता मुलुकले सिडको प्रजनन क्षमता नष्ट गरेर मात्र अन्य मुलुकमा निर्यात गर्नु संयुक्त राष्ट्रसंघ अफिस अन ड्रग एन्ड क्राइमअन्तर्गतको इन्टरनेसनल नार्काेटिक्स कन्ट्रोल बोर्डको प्रावधान छ । त्यसविपरीत नेपालमा आयात गरिएको छ । नेपालमा ल्याएर भारत पठाउँदा करोडौं नाफा हुने भएकाले यसमा ओली सरकारले नीतिगत भ्रष्टाचार गरेको हो ।

    यसमा दुगुना गढी इन्भेस्टमेन्ट प्रालि, धनलक्ष्मी फुड प्रालि, श्यामजी सप्लायर्स, वैभव ट्रेड कन्र्सन, कुबेर एक्जिम प्रालि र राठी ट्रेडिङ कम्पनी लगायत कम्पनीले सेटिङका आधारमा पोस्तादाना आयातको अनुमति लिएका हुन् । मंगलबारको दृष्टि साप्ताहिकबाट साभार

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार