Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • माओवादी अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि

    माओवादी अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २४ पुष २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

    केही दिनदेखि असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोना संक्रम भए पनि उनको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् ।



    डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ । योबीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउनसमेत अनुरोध सचिवालयले गरेको छ ।



    यस्तै माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना संक्रमण भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार