Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रिमियर लिग : म्यानचेस्टर सिटी साउथह्याम्टनसँग बराबरीमा रोकियो

    प्रिमियर लिग : म्यानचेस्टर सिटी साउथह्याम्टनसँग बराबरीमा रोकियो

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ ।

    गएराति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले १२औँ स्थानमा रहेको साउथह्याम्टनसँग एक(एक गोलको बराबरी गरेको हो ।



    खेलको सातौँ मिटेनमा साउथह्याम्टनका केली वाल्कर पिटर्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६५औँ मिनेटमा एम्रिक लापोर्टेले गोल गर्दै सिटीलाई हारबाट जोगाए ।



    बराबरीसँगै म्यानचेस्टर सिटीको ५७ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको ४५ अङ्क छ । यस्तै, गएराति नै भएका अरु खेलमा म्यानचेस्टर युनाइटेड, न्युक्यासल, वुल्भ्स् र एस्टोन भिल्ला विजयी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार