Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्ड पत्नी सीतालाई कोरोना पुष्टि, आईसीयूमा उपचार जारी

    प्रचण्ड पत्नी सीतालाई कोरोना पुष्टि, आईसीयूमा उपचार जारी

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    पारिवारिक स्रोतका अनुसार उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार गरिएको छ । दाहाल तीन दिनदेखि अस्पतालमा उपचारत छिन् ।



    उपचारका क्रममा उनमा निमोनिया समेत देखिएको छ। यसअघि प्रचण्डलाई पनि संक्रमण पुष्टि भएको थियो । तर, प्रचण्डको रिपोर्ट भने नेगेटिभ आइसकेको छ।



    सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार