Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • घट्न थाले कोरोना संक्रमित, आज ८३६ जनामा संक्रमण पुष्टि हुँदा १,८२६ जना संक्रमणमुक्त

    घट्न थाले कोरोना संक्रमित, आज ८३६ जनामा संक्रमण पुष्टि हुँदा १,८२६ जना संक्रमणमुक्त

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट गरिएको जाँचमा ८३६ संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार चार हजार २६० पीसीआर परीक्षणमा ४९१ जना र २ हजार ३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन् । त्यस्तै एक हजार १ हजार ८२६ जना संक्रमणमुक्त भएका छन् ।



    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा २८८८३७ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् भने देशभर २६१०२ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार