Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सप्तरीमा सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप (तस्बिरहरु)

    सप्तरीमा सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप (तस्बिरहरु)

    रामनारायण यादव
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 2.8K
    SHARES

    सप्तरी । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न पुगेका जनमत पार्टी सप्तरीका कार्यकर्ता र प्रहरीबीच शुक्रवार झडप भएको हो ।

    झडपको क्रममा प्रहरीले लाठी चार्ज गरेको छ भने लाठी चार्जबाट आधा दर्जन कार्यकर्ता समान्य घाइते भएका छन् । स्थानीय तहको निर्वाचनअघि किसानहरुले उठाएका मागहरु सम्बोधन हुनुपर्ने र साना राजनीतिक दलहरुलाई चुनाव चिन्ह प्रदान गर्नुपर्ने माग गर्दै उनीहरुले नारा जुलुस लगाउँदै निर्वाचन कार्यालय सप्तरी पुगेका थिए ।



    सोही क्रममा प्रहरीले लाठी चार्ज गरेपछि संजय यादज, राजेश यादव, साधन दास, कल्पना यादव र प्रभु यादव घाइते भएको जनमत पार्टीका जिल्ला नेता पप्पु यादवले बताए ।



    अहिले उनीहरुले निर्वाचन कार्यालयको पूर्वतर्फ सडकमै धर्ना बसेका छन् भने निर्वाचनको कार्यक्रमअनुसार मतदाता नामावलीमा दावी–विरोधका कार्यक्रम प्रभावित नहुन दिनका लागि सो स्थानमा व्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार