Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • होण्डाको एक्सचेन्ज क्याम्प, ७ हजार अतिरिक्त बोनस

    होण्डाको एक्सचेन्ज क्याम्प, ७ हजार अतिरिक्त बोनस

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले यहि फाल्गुन २२ गतेदेखि चैत्र १७ गतेसम्म काडमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्सचेन्ज क्याम्प आयोजना गरिरहेको छ ।

    कम्पनीले एक विज्ञप्ति जारी गरी एक्स्चेन्ज क्याम्पको बारेमा जानकारी गराएको हो । कम्पनीका अनुसार एक्सचेन्ज क्याम्प अविधि भर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्सचेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नुहुनेछ ।



    ग्राहकहरुले आफ्नो साधनको एक्सचेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्य भन्दा रु. ७००० अतिरिक्त एक्सचेन्ज बोनस समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।



    यस एक्सचेन्ज क्याम्प कति गते कुन ठाउँमा आयोजना हुन्छ भन्ने जानकारीहरु विस्तृत रुपमा बुझ्नको लागि होण्डाको फेसबुक पेज वा टोल फ्रि नम्बरमा कल गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार