Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पल-गायिका प्रकरण:

    पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला अदालत तनहुँले नाबालिगमाथि बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    जिल्ला अदालत तनहुँ स्रोतका अनुसार शुक्रबार अभिनेता शाहमाथि अनुसन्धानका लागि अदालतले थप ५ दिनको समय दिएको हो । यसअघि तनहुँ अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको थियो ।



    अभिनेता शाहविरुद्ध एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धानका आधारमा पल शाहमाथि बिहेको प्रलोभन देखाएर नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगसहित मुद्दा दायर गरेको हो ।



    जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले जिल्ला अदालत नवलपुरमा दायर गरेको अभियोगपत्रमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै सोही दफाको ३ को (ग) अनुसार सजाय माग गरिएको छ । उक्त दफा अनुसार १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार