Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • यू–१८ महिला साफ : नेपाल बंगलादेशसँग फेरि पराजित

    यू–१८ महिला साफ : नेपाल बंगलादेशसँग फेरि पराजित

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । यो हारसँगै नेपाल प्रतियोगितामा जितविहीन बनेको छ ।

    भारतको जमसेदपुरमा भएको खेलमा नेपालले सुरुमा अग्रता लिएपनि जोगाउन नसक्दा २-१ गोल अन्तरले पराजित भएको हो । खेलको चौथो मिनेटमा अमिशा कार्कीको गोलमार्फत नेपालले सुरूवाती अग्रता लिएको थियो ।



    ६८औं मिनेटमा कप्तान साम सुनाहारले गोल गर्दै बंगलादेशलाई १–१ को बारबरीमा ल्याइन् । ८४औं मिनेटमा साहदा अख्तर रिपाले गोल गर्दै बंगादेशलाई २–१ को रोमाञ्चक जित दिलाइन् ।



    यसअघिको खेलमा पनि बंगलादेशसँग ४-२ ले पराजित भएको थियो । तीन टिम सहभागी च्याम्पियनसिपमा नेपाल सबै चार खेलमा पराजित हुँदै जितबिहिन बन्यो ।

    यसपटक तीन टिम भएकोले डबल राउण्ड रोविनका आधारमा खेल भएको थियो । नेपालले भारतसँग ७–० र ५–१ ले हारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार