Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रुस-युक्रेन युद्धमा मारिए २० पत्रकार, मिडियाका दर्जनाैँ संरचना ध्वस्त

    रुस-युक्रेन युद्धमा मारिए २० पत्रकार, मिडियाका दर्जनाैँ संरचना ध्वस्त

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुस-युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन् ।

    २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ ।



    मारिने पत्रकारको सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ । सो मृत्यु युक्रेनको महाअभियोजकको कार्यलयले पुष्टि गरेको छ । मृत्यु हुनेमध्ये केही विदेशी सञ्चारकर्मी पनि छन् ।



    रुसी सेनाले कम्तीमा १० ओटा टिभी टावरहरूलाई निशाना बनाएका छन् । टावरमा क्षति हुँदा युक्रेनको आठ क्षेत्रहरूमा टिभी र रेडियो प्रसारणमा पूर्ण वा अस्थायी रूपमा अवरोध आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार