Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कैलालीका एसपी विश्व अधिकारी पुरस्कृत

    कैलालीका एसपी विश्व अधिकारी पुरस्कृत

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.9K
    SHARES

    धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी पुरस्कृत भएका छन् । प्रहरी संगठनको नीति निर्देशन अनुरुप उच्च अनुशासनमा रहेर कर्तव्यनिष्ठ तवरले काम गरेको भन्दै अधिकारीलाई पुरस्कृत गरिएको हो ।

    उनलाई बुधबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले नगद एक हजार चार सयसहित पुरस्कृत गरे ।



    प्रहरी संगठनको निति निर्देशन अनुरुप उच्च अनुशासनमा रहि ईमान्दारी, अनुशासित र कर्तव्यनिष्ठ तवरले बिभागिय अडर आदेशको पालना गर्नुका साथै आफुलाई दिईएको जिम्मेवारी बफादारीका साथ त्रुटीरहित ढंगबाट आफ्नो बुद्धी बिबेकले भ्याए सम्म कर्तब्यनिष्ठ भई काम गरेको भन्दै उनी सम्मानित भएका हुन् ।



    अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्ने तथा मनोबल उच्च रहने भएकोले प्रहरी नियमावली २०७१ (संशोधन सहित) परिच्छेद १५ को नियम १९७ को देहाय (ख) ले दिएको अधिकार प्रयोग गरी अभिलेखमा जनिने गरी नगद एक हजार चार सयसहित पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    यस्तै एसपी विश्व अधिकारीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज काठमाडौंमा काज सरुवा गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार