Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ३५ अंकले ओरालो लाग्यो नेप्से

    ३५ अंकले ओरालो लाग्यो नेप्से

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।मंगलबार पनि शेयर बजार ओरालो लागेको छ ।

    हिजो अर्थात सोमबार करिब ३५ अंकले ओरालो लागेको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज पनि दोहोरो अंकले घटेको छ ।



    कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेप्से परिसुचक १५.०२ अंकले घटेर २३७०.९९ बिन्दुमा पुगेको हो । नेप्से ०.६३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.७४ अंकले घटेर ४५२.९५ विन्दुमा झरेको छ ।



    कूल २२८ कम्पनीको ३४ लाख १९ हजार २ सय २८ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ४ करोड ६० लाख १४ हजार ४ सय १७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर घटेको छ । बाँकी २ वटा उपसमूहको शेयर बढेको छ ।

    मंगलबार सिद्धार्थ बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ४ करोड २१ लाख ८२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

    आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेरयरमूल्य ९.९९ प्रतिशतले बढेर ९ सय ४४ रूपैयाँ ४० पैसाा पुगेको छ ।

    यस दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ५.४१ प्रतिशतले घटेर ४ सय २० रूपैयाँमा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार