Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आज पनि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

    आज पनि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से ४४.१६ अंकले बढेर दुई हजार ३ सय १३ विन्दुमा पुगेको हो । सोमबार नेप्से १२.२७ अंकले बढेर दुई हजार २ सय ६८ दशमलब ८४ विन्दुमा पुगेको थियो ।

    त्यस्तै, आज कारोबार रकममा भने सामान्य गिरावट आएको छ । आज एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एक अर्ब ३९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार थियो । आज कारोबार भएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।



    आज बरुण हाइड्रोपावर कम्पनी, न्यादी ग्रुप पावर कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य शेयरमूल्यमा उच्च वृद्धि भएको हो । यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेका छन् ।



    नेप्सेका अनुसार एनआईबीएल समृद्धि फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी न्यादी ग्रुप पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ९ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार