Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निर्वाचनका लागि आठ दिनमा पाँच लाख बढीले छाडे काठमाडौं

    निर्वाचनका लागि आठ दिनमा पाँच लाख बढीले छाडे काठमाडौं

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् ।

    जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महत्वका साथ हेरिएको छ । निर्वाचनमार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदै छ ।



    स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट मात्रै विगत आठ दिनमा करिब ५ लाख व्यक्ति विभिन्न जिल्ला फर्किएका छन् ।



    उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी बालनरसिंह राणाका अनुसार २१ वैशाखदेखि २८ वैशाख साँझ ५ बजेसम्म ६६ हजार ६ सय २५ वटा विभिन्न प्रकारका सवारीसाधनबाट ४ लाख ३५ हजार ४ सय १ जना काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लाका लागि बाहिरिएका छन् । बुधबार मात्रै एकै दिन काठमाडौं उपत्यकाबाट ६७ हजार ५ सय ५४ जना बाहिरिएको डीएसपी राणाले जानकारी दिए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार