Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कञ्चनपुरको लालझाडी गाउँपालिकामा एमालेका निर्मल राना विजयी

    कञ्चनपुरको लालझाडी गाउँपालिकामा एमालेका निर्मल राना विजयी

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

    अध्यक्षमा एमाले उम्मेदवार निर्मल राना ४५१६ मतले ल्याएर विजयी भएका हुन् ।



    उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मदनसेन वडायकले २८५८ मत प्राप्त गरे । वडायक २०७४ मा माओवादी केन्द्रबाट नै अध्यक्ष निर्वाचित भएका थिए।



    यस्तै, उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार सपना चौधरी निर्वाचित भएकी छन्। उनले ३५६१ मत प्राप्त गरिन्। उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी राधा रानाले ३४९३ मत प्राप्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार