Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमालेको विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना, १३ जना घाइते

    एमालेको विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना, १३ जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मोरङमा नेकपा एमालेको विजय जुलुसमा गइरहेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

    सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा एमालेको विजय जुलसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।



    को २ च १४३७ नम्बरको ट्याक्टर पल्टँदा भएका घाइतेको विराटनगरमा उपचार भइरहेको छ । तीमध्ये २६ वर्षीय जलन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेको बताइएको छ ।



    घाइतेको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । बाँकी घाइते भने सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार