Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • पूर्वडीएसपी महेन्द्र महतो मिथिला नगरपालिकाको मेयरमा निर्वाचित

    पूर्वडीएसपी महेन्द्र महतो मिथिला नगरपालिकाको मेयरमा निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । धनुषाको मिथिला नगरपालिकाको मेयरमा पूर्वडीएसपी महेन्द्र महतो निर्वाचित भएका छन् ।

    नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका महतो ७ हजार ३१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका राजाराम महतोले ६ हजार ९४० मत ल्याए ।



    अवकाश भएपछि महतो कांग्रेस पार्टीमा आबद्ध भएर राजनीति सुरु गरेका थिए ।



    उपमेयरमा भने एमाले विजयी भएको छ । एमालेकी सुनिता सिंह बुढाथोकी ७ हजार ४१४ मत ल्याएर विजयी भएकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार