Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कैलालीको गौरीगंगा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

    कैलालीको गौरीगंगा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    कैलाली । कैलालीको गौरीगंगा नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

    प्रमुखमा माओवादी केन्द्रका देवीदत्त कँडेल र उप प्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बम विजयी भएका हुन् । शुक्रवार सम्पन्न मतगणना अनुसार १३ हजार ७ सय ९५ मत प्राप्त गर्दै कँडेल प्रमुखमा विजयी भएका छन् ।



    निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छन् । ७ हजार १ सय ६३ मतान्तरले कँडेल विजयी भएका छन् । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बमले ११ हजार २ सय ८१ मत प्राप्त गर्दै विजयी भए ।



    उपप्रमुखमा एमालेका शान्ति देवी सिंहले ६ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए। ४ हजार ५ सय ३८ मतको मतान्तरले बम विजयी भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार