Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • शंखरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

    शंखरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । शङ्खरापुर नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १२ गते हुने भएको छ । कार्यपालिका निर्वाचनका लागि शनिबार नै निर्वाचन कार्यतालिकासहित मतदाता नामावली पनि प्रकाशन गरिएको छ ।

    कार्यपालिका निर्वाचनका लागि ४६ जना मतदाताको नामावली प्रकाशन गरिएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिइन् ।



    नौ वटा वडा रहेको नगरपालिकाको वडा नं ८ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेकाले ४६ जना मात्र जनप्रतिनिधि निर्वाचित भएको नगर निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्याउनका लागि आजको मिति तय गरिएको थियो । यसमा कुनै उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ ।



    जेठ १२ गते बिहान ११ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको उहाँले सुनाउनुभयो । कार्यपालिकामा नगर प्रमुख र उपप्रमुखसहित वडा अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

    महिलाबाट पाँच जना र दलित तथा अल्पसङ्ख्यकबाट तीन जना सदस्य निर्वाचित हुने व्यवस्था छ । यसरी नगरपालिकामा १९ सदस्यीय कार्यपालिका बन्ने जनाइएको छ ।

    महिला पाँच जना निर्वाचित वडा सदस्यबाट उम्मेदवारी दिन पाइन्छ । दलित तथा अल्पसङ्ख्यकबाट निर्वाचित हुने कार्यपालिका सदस्यका लागि भने नगरवासीले पनि उम्मेदवारी दिन पाउने जनाइएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार