Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बस दुर्घटनामा परि बेपत्ता भएका शिशुको शव नदी किनारमा फेला

    बस दुर्घटनामा परि बेपत्ता भएका शिशुको शव नदी किनारमा फेला

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । अछामको कमल बजार नगरपालिकाका १८ महिने शिशुको सेती नदी किनारमा शव फेला परेको छ ।

    कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको बस यही जेठ ७ गते डोटीको शिखर नगरपालिका–१ गेरु पानी भन्ने स्थानमा दुर्घटनामा हुँदा ती बालक वेपत्ता भएका थिए । बस सेती नदी किनारमा खेसेको थियो ।



    बस दुर्घटना भएको १५ दिनपछि बेपत्ता बालक अछामको कमल बजार नगरपालिका–६ का १८ महिने शिशु सुजङ्ग शाहीको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपाल नजिककै नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।



    बालकका परिवारलाई शव बुझाइएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । बस दुर्घटनामा परी मृतक बालकका आमाबुवा सहित १२ जना घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार