Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सांसदको प्रश्न-आयल निगम घाटामा छ भने कर्मचारीले कसरी बोनस खान्छन् ?

    सांसदको प्रश्न-आयल निगम घाटामा छ भने कर्मचारीले कसरी बोनस खान्छन् ?

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 912
    SHARES

    काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले निगम घाटामा छ भने कर्मचारीले कसरी बोनस खान्छन् भन्दै प्रश्न गरेका छन् ।

    राष्ट्रियसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले दिएको वक्तव्यको सम्बन्धमा केन्द्रित रही प्रश्न गर्दै सांसद सुमित्रा विसीले भनिन्, “यदि निगम घाटामा छ भने कर्मचारीले बोनस कसरी खान्छन् ?”



    सांसद देवेन्द्र दाहालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे सरकारले दीर्घकालीनभन्दा पनि विद्यार्थी र गरिबीको रेखामुनि रहेका जनतालाई लक्षित गरी तत्कालीन योजना ल्याउनुपर्नेमा जोड दिए ।



    सांसद अनिता देवकोटाले समग्रमा मूल्य वृद्धि भइरहेको सन्दर्भ उल्लेख गर्दै सरकारले जनतालाई करमा छुट दिनुपर्ने धारणा राखीन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार