Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बोर्डिङ सञ्चालक पक्राउ

    आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बोर्डिङ सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1.3K
    SHARES

    कास्की । कास्कीमा आफ्नै विद्यार्थीमाथि बाल यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यालय सञ्चालकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जिल्लाको माछापुच्छ्र्रे गाउँपालिका ४ स्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कूलका संचालक ४८ वर्षीय रामचन्द्र शाही रहेको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोही स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई बाल यौन दुर्व्यवहार गरेको जाहेरीको आधारमा शुक्रबार उनलाई पक्राउ गरिएको हो ।



    बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरको अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार