Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेकपा एकीकरण गर्ने प्रयासमा रहेका गौतम नयाँ दल गठन गर्दै

    नेकपा एकीकरण गर्ने प्रयासमा रहेका गौतम नयाँ दल गठन गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 849
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् ।

    नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा रहेका गौतम पार्टी एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेका छन् । नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए ।



    नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् ।



    मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार