Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • चुनावमा उत्कृष्ट नतिजा ल्याउन समन्वय समिति बनाउने प्रचण्डको घोषणा

    चुनावमा उत्कृष्ट नतिजा ल्याउन समन्वय समिति बनाउने प्रचण्डको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 735
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउनेमा सम्पूर्ण ध्यान केन्द्रीत गरिने बताएका छन् ।

    त्यसका लागि हरेक प्रदेशमा समन्वय समिति बनाइने प्रचण्डको भनाइ छ ।



    बिहीबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले सबै प्रदेशहरूमा समन्वय समिति बनाएर फिल्डमा खटिने बताएको एक नेताले बताए ।



    ‘अब निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउनु छ । त्यसका लागि सबै प्रदेशमा समन्वय समिति बनाइने छ । त्यो समितिले नेता कार्यकर्तालाई फिल्डमा खटाउने छ’ प्रचण्डले भने,‘ चुनावलाई केन्द्रीत गरेर कार्यक्रमहरु बनाउने छौं । त्यसअनुसार योजना बनाउनेतिर हामी केन्द्रित हुन्छौँ ।’

    नयाँ समिति बनाउँदा केही आत्तिन जरुरी नरहेको भन्दै सबै कार्य विधान अनुरुप नै हुने प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार