Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • हत्यारा पक्रन सफल प्रहरीलाई मृतकका आफन्तद्वारा सम्मान

    हत्यारा पक्रन सफल प्रहरीलाई मृतकका आफन्तद्वारा सम्मान

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 1.1K
    SHARES

    खोटाङ । हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन्। जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आएकी ७७ वर्षीया तुलसा खड्काको हत्यामा संलग्न दोषी आफ्नै नाति हरि भनिने नीरकुमार खड्कालाई प्रहरीले समयमै पक्राउ गरेको भन्दै मृतकका आफन्तले प्रहरीलाई सम्मान गरेका हुन्।

    जाहेरी परेको २१ दिनमा हत्यारालाई पक्रन सफल प्रहरीलाई मृतककी भतिजी लक्ष्मी सापकोटाले बिहीबार जिल्ला प्रहरी कार्यालय खोटाङमा आएर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिन्।



    नेपालमा कतिपय घटनामा संलग्न दोषी पत्ता नलागिरहेको अवस्थामा खोटाङ प्रहरीले चाँडै अपराधी पक्राउ गरेर मृतकको आत्मालाई शान्ति हुने काम गरेकाले हौसलास्वरूप सम्मान गरिएको सापकोटाले बताइन्।



    मृतकका आफन्तले प्रदान गरेको सम्मानपत्र ग्रहण गर्दै प्रहरी नायब उपरीक्षक लम्सालले नागरिक र प्रहरीको राम्रो समझदारी हुने हो भने समाजमा हुने गरेका हरेक घटनाका दोषी चाँडै पत्ता लाग्ने बताए। उक्त घटनामा पनि नागरिकको राम्रो साथ मिलेका कारण दोषीलाई चाँडै कानूनी कठघरामा ल्याउन प्रहरी सफल भएको उनको भनाइ छ।

    गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै नातिले हजुरआमालाई साथमा लिएर सुनसरीबाट वैशाख २६ गते खोटाङतर्फ हिँडेका थिए। नातिसँगै हिँडेकी तुलसाको शव वैशाख ३१ गते खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेराको पानीटारस्थित सुनकोसी नदीको बगरमा खाल्डोभित्र शंकास्पद अवस्थामा फेला परेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार