Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन सर्त राख्नुपर्ने सुरेन्द्र पाण्डेको भनाई

    विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन सर्त राख्नुपर्ने सुरेन्द्र पाण्डेको भनाई

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 846
    SHARES

    काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन सर्त राख्नुपर्ने बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले आगामी मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा पाण्डेले यस्तो बताएका हुन् ।



    नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्न नदिनका लागि नीतिगत व्यवस्था गरेर सर्त राख्नुपर्ने उनको भनाइ थियो ।



    उनले चालु आर्थिक वर्षको १० महिनामा विदेशमा पढ्न जानेलाई राष्ट्र बैंकले ५१ अर्ब रुपैयाँ दिएको बताए ।

    पाण्डेले विदेशमा गएर रेमिटेन्स सहयोग भएरनभएको वा राष्ट्रलाई योगदान पुग्ने अवस्थामा मात्रै पैसा दिने गरी व्यवस्था गर्दा राम्रो हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार