Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अछामका सिडिओ र डिएसपीलाई गृहमन्त्रीको फोन, पहिरो पीडितलाई राहत उपलब्ध गराउन निर्देशन

    अछामका सिडिओ र डिएसपीलाई गृहमन्त्रीको फोन, पहिरो पीडितलाई राहत उपलब्ध गराउन निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 729
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्‍याएको क्षतिबारे जानकारी लिएका छन् । उनले आवश्यक उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

    गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डागीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए ।



    खाँणले घाइतेको यथाशीघ्र उपचार र तत्कालको राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।



    आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार