Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • श्रीलंकामा ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता सुरु, एक हप्तामा पूरा हुने अपेक्षा

    श्रीलंकामा ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता सुरु, एक हप्तामा पूरा हुने अपेक्षा

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । श्रीलङ्का सरकारले सङ्कटमा परेको देशमा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयासमा बिहीवार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ ।

    नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिङ्घेले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता सुरु गरेका हुन् । यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग पनि जारी रहने र एक हप्तामा पूरा हुने अपेक्षा गरिएको छ ।



    प्रमुख प्रतिपक्षी दल सामागी जाना बालावेगया (एसजेबी) ले भने सरकारमा सहभागी नहुने जनाइसकेको छ । तथापि यसका केही सांसदहरू व्यक्तिगत रूपमा सरकारमा सामेल हुनसक्ने विश्लेषकहरूले बताएका छन् ।



    सांसद विमल विरावाणसाको नेतृत्वमा राष्ट्रिय स्वाधीनता मोर्चा (एनएफएफ) ले पनि हिजो राष्ट्रपतिलाई सकारात्मक सङ्केत पठाएको सरकारले जनाएको छ ।

    उनले विक्रमासिङ्घेलाई समर्थन गर्ने वचन दिएका थिए । लिखित रूपमा सरकारलाई दिएको जानकारीमा सांसद वीरावाणसाले देशलाई दुई वटा मात्र विकल्प बाँकी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार