Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण पुष्टि

    एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 999
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    सोमबार गरिएको परीक्षणबाट पोखरेलमा कोरोना पोजेटिभ देखिएको हो ।



    पोखरेलमा संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् । उनलाई निमोनियाको लक्षण पनि देखिएको छ ।



    स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार