Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 879
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदल यात्री वृद्धाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय ८२ वर्षीया फुलमाया राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    प्यारीढापबाट भण्डारा तर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले आज बिहान साढे ९ बजे पैदल यात्रीलाई ठक्कर दिएको थियो ।



    दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार