Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अभियान लघुवित्तको आईपीओ बाँडफाँड

    अभियान लघुवित्तको आईपीओ बाँडफाँड

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 816
    SHARES

    फाइल फोटो

    काठमाडौं । अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँड भएको छ। गोलाप्रथामार्फत् कुल ९१ हजार ३७५ जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन्।

    यो आईपीओमा १९ लाख ८० हजार ९७० जनाले आवेदन दिएकामा २ हजार ३७६ जनाको आवेदन रद्द भएको बिक्री मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ।



    अभियानले साउन १८ गतेदेखि २२ गतेसम्म कुल ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो।



    लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्।

    साथै, अभियान लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार