Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • श्रीमानले गरे छुरा प्रहार गरी आफ्नै श्रीमतीको हत्या

    श्रीमानले गरे छुरा प्रहार गरी आफ्नै श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 954
    SHARES

    फाइल फोटो

    झापा । श्रीमानले छुरा प्रहार गरी झापामा आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

    जिल्लाको झापा गाउँपालिका ६, चन्द्रबस्तीमा गएराति करिब साढे ९ बजे श्रीमानको छुरा प्रहारबाट श्रीमतीको घट्नास्थलमै मृत्यु भएको हो ।



    प्रहरीका अनुसार झापा गाउँपालिका ६ का ४६ वर्षीय नाइके हस्ताले आफ्नै श्रीमती ४० वर्षीया तालामई हस्तालाई छातिमा छुरा प्रहार गरी हत्या गरेका हुन् ।



    नाइकेले मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छुरा प्रहार गरी फरार भएका नाइके हस्तालाई प्रहरीले खोजी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार