Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • श्रीलंका फर्किए पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षे

    श्रीलंका फर्किए पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षे

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 795
    SHARES

    एजेन्सी । देश छाडेका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे अहिले श्रीलंका फर्किएका छन् । गोटाबाया राजापाक्षे थाइल्याण्डमा अस्थायी भिसा लिएर बसेका थिए, त्यसपछि सिंगापुर गएका थिए ।

    श्रीलंकाका केही मन्त्रीहरूले उनलाई विमानस्थलमा भेट गरेको बताइएको छ । यस वर्षको जुलाईमा श्रीलंकामा कमजोर आर्थिक अवस्था र बढ्दो मुद्रास्फीतिलाई लिएर कडा विरोध प्रदर्शन भएको थियो।



    जनताले देशको यस्तो अवस्थाका लागि गोटबाया सरकारलाई जिम्मेवार बताउँदै गत अप्रिलदेखि विरोध गर्दै आएका थिए ।



    विरोध प्रदर्शन यति उग्र बनेको थियो कि गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीहरू राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका थिए।

    यसपछि गोटाबाया राजापाक्षे सैन्य विमानबाट देश छाडेर माल्दिभ्स भागे र त्यहाँबाट सिंगापुर पुगे । त्यहीँबाट उनले राजीनामा पठाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार