Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • श्रृजनशील लघुवित्तको आइपीओमा आजसम्म आवेदन दिन सकिने

    श्रृजनशील लघुवित्तको आइपीओमा आजसम्म आवेदन दिन सकिने

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 897
    SHARES

    फाइल फोटो

    काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवदेन दिने आज अन्तिम दिन रहेको छ ।

    कम्पनीले यही भदौ १५ गतेदेखि सर्वसाधरणका लागि साधारण सेयरको आवेदन खुलाएको थियो ।



    लघुवित्तले जारी पुँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५९ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये, कर्मचारीहरूका लागि ५ हजार ४७० कित्ता छुट्याइएको थियो ।



    यस्तै, सामूहिक लगानी कोषका लागि १९ हजार ६९० कित्ता सेयर छुट्टयाएर बाँकी बसेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित आइपीओ बिक्री पछि कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार