Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • काभ्रेमा बन्दै प्रहरी एकेडेमी, गृहमन्त्री र भारतीय राजदूतले गरे भूमि पूजन

    काभ्रेमा बन्दै प्रहरी एकेडेमी, गृहमन्त्री र भारतीय राजदूतले गरे भूमि पूजन

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 831
    SHARES

    काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलान्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजन गरिएको छ ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाँणले आज काभ्रेपलान्चोकमा प्रतिष्ठान निर्माणका लागि संयुक्त रुपमा भूमि पूजन गरेका हुन् ।



    उक्त परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा नेपालका तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए ।



    भारत सरकारको एक हजार करोड अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठुला परियोजनाहरु मध्येकै एक हो ।

    परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्ग मिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रणबाट प्रतिष्ठानका भवनहरुको निर्माण गरिने जनाइएको छ ।

    कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

    उनले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्त्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको यस प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने बताएका छन् ।

    विकास साझेदारी अन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि गृहमन्त्री खाँणले भारत सरकारलाई धन्यवाद समेत व्यक्त गरेका छन् । सम्झौता अनुसार भारतीय आर्थिक सहयोगमा काभ्रेको पनौतीमा अत्याधुनिक उपकरणजडित नेपाल प्रहरी प्रतिष्ठान निर्माण गरिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार