Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • टी–२० विश्व कप : स्कटल्याण्डलाई हराउँदै जिम्बावे सुपर १२ मा प्रवेश

    टी–२० विश्व कप : स्कटल्याण्डलाई हराउँदै जिम्बावे सुपर १२ मा प्रवेश

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 738
    SHARES

    एजेन्सी । आईसीसी टी–२० विश्व कप क्रिकेटमा जिम्बावे सुपर १२ मा प्रवेश गरेको छ ।

    शुक्रवार भएको खेलमा स्कटल्यान्डलाई हराउँदै जिम्बावे सुपर १२ मा प्रवेश गरेको हो । स्कटल्यान्डले दिएको एक सय ३३ रनको लक्ष्य जिम्बावेले पाँच विकेट गुमाएर नौ बलअघि नै भेटायो ।



    यसअघि होबार्टमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३२ रन बनायो ।



    योसँगै सुपर १२ मा पुग्ने चार वटै टोलीको टुङ्गो लागेको छ । जिम्बावे समूह ‘बी’ को विजेता बन्दै सुपर १२ मा प्रवेश गरेको हो । आजै भएको पहिलो खेलमा आयरल्यान्ड यही समूहबाट उपविजेता बन्दै सुपर १२ मा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार