Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भ्रष्टाचार अभियोगमा जेल परेका लुला बने ब्राजिलका राष्ट्रपति

    भ्रष्टाचार अभियोगमा जेल परेका लुला बने ब्राजिलका राष्ट्रपति

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । ब्राजिलमा बामपन्थी नेता लुला डि सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

    राष्ट्रपतिय निर्वाचनको अन्तिम चरणमा अति दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई झिनो मतले पराजित गर्दै पूर्व राष्ट्रपति समेत रहेका लुला विजयी भएका हुन् ।



    लुलाले ५० दशमलव ८ प्रतिशत मत पाएर निर्वाचित हुँदा बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत प्राप्त गरे । लुला डा सिल्भाले जनरी २०२३ मा राष्ट्रपति पदको शपथ लिनेछन् ।



    जितसँगै लुलाले विभाजित देशलाई एकजुट बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । वामपन्थी विचारका लुल तीन वर्ष पहिलासम्म भ्रष्टाचारको मुद्दामा जेल सजाय काटिरहेका थिए । उनी सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार