Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बर्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लियो, नोउ क्याम्पबाट बिदा भए जेरार्ड

    बर्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लियो, नोउ क्याम्पबाट बिदा भए जेरार्ड

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 861
    SHARES

    काठमाडौं । डिफेन्डर जेरार्ड पिकेको अन्तिम खेलमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ ।

    बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र फ्रान्की डि जोङले गोल गरे ।



    यो जितसँगै बार्सिलोना १३ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाले एक खेल कम खेलेको रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । १२ खेलबाट रियलको ३२ अंक छ । पराजित अल्मेरिया १३ अंक जोडेर १५औं स्थानमा छ ।



    यस्तै यहीँ खेलबाट डिफेन्डर पिकेले व्यवसायिक खेल करिअरबाट सन्यास लिएका छन् । अल्मेरियाविरूद्ध पिकेलाई नै कप्तानीको जिम्मेवारी दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार