Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाडौं र पाेखरा भिड्ने

    टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाडौं र पाेखरा भिड्ने

    अनलाइन नेपाल
  • शनिबार, ३ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ ‘क्यान’ लिगको तालिका सार्वजनिक गरेको हो।

    कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो पहिलो संस्करणको टी-ट्वान्टी लिग मंसिर २६ बाट सुरु हुनेछ। लिग एक महिनासम्म पुस १६ गतेसम्म चल्नेछ।



    एक महिनामा ३४ खेल हुनेछन्। सबै खेल डबल राउन्डमा हुने क्यानले जनाएको छ।  लिग चरणका प्रत्येक खेल दिनमा दुई वटा हुनेछन् भने प्लेअफको खेल दिनमा एउटा मात्र हुनेछ।



    क्यानले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार डिसेम्बर १२(मंसिर २६) बाट सुरू हुने प्रतियाेगिताकाे उद्घाटन खेलमा काठमाडौं गाेर्खाज र पाेखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

    पहिलाे संस्करणकाे लिगका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । मंसिर २६ बाट पुस १६ सम्म आयाेजना हुने प्रतियाेगितामा काठमाडौं गोर्खाज,

    पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरि ६ टिमकाे सहभागिता रहेकाे छ । कुल ३४ खेल हुने प्रतियाेगिता डबल राउन्डमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार